डडेल्धुरा, मंसिर २८ – नेपाली कांग्रेस (नेकाँ) डडेल्धुरा शाखाले परराष्ट्र मन्त्री आरजू राणा देउवाको डडेल्धुरा भ्रमणको अवसरमा भव्य स्वागतको तयारी गरेको छ। पार्टी सभापति भीमबहादुर साउँदले बुधबार जारी गरेको सूचनामा मन्त्री राणाको आगमनलाई एकताको प्रतीकका रूपमा लिनुपर्ने भन्दै सबै नेता, कार्यकर्ता र समर्थकलाई फूलमालासहित बसपार्कमा उपस्थित रहन आह्वान गरेका छन्।
साउँदले यो भ्रमणलाई पार्टी एकता र जनसमर्थन प्रदर्शनको सुनौलो अवसरका रूपमा चित्रित गरेका छन्। साथै, यसबाट पार्टीको ऐक्यबद्धता र स्थानीयस्तरमा कांग्रेसी प्रभावलाई थप सुदृढ पार्न मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ
२९ कार्तिक २०८१, बिहिबार ०६:४१ मा प्रकाशित