काठमाडौं, भदौ ८ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीका नेता–कार्यकर्तालाई सधैं सानो पार्टी भन्दै हिनताबोध नगर्न निर्देशन दिएका छन्। आइतबारदेखि सुरू भएको केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले पार्टी निर्माणको लागि सधैंभरि उही गीत गाएर हिँड्न नहुनेमा जोड दिए।
नेपालले आफ्नो पार्टीलाई सानो भन्ने मानसिकता गलत भएको बताउँदै अन्य साना पार्टीहरूसँग तुलना गर्दै भने, "के हाम्रो पार्टी नेपाल मजदुर किसान पार्टी, मोहनविक्रम सिंहको पार्टी, मोहन वैद्यको पार्टी, नेत्रविक्रम चन्द 'विप्लव'को पार्टीभन्दा सानो छ?"
उनले एमालेसँग तुलना गर्दै सानो पार्टी भएको हिनताबोधलाई परित्याग गर्नुपर्ने धारणा राखे। ऐतिहासिक सन्दर्भहरूको उदाहरण दिँदै उनले भने, "पुष्पलालले त्यो गीत गाएर बस्नु भएको भए के हुन्थ्यो हालत? लेनिनले जब पार्टी निर्माण गर्न खोज्नुभयो, पहिलो बैठक असफल नै भयो। हामीले पनि कोअर्डिनेसन केन्द्र बनाउन खोज्यौं, असफल नै भयो। तर, प्रयास रोकिएन।"
नेपालले नेता–कार्यकर्तालाई पार्टी निर्माणको प्रक्रियामा दृढ रहन प्रेरित गर्दै, पार्टी सानो भनेर हिनताबोध नगर्न आग्रह गरे।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता