सुनसरीमा रास्वापाको संगठन विस्तार अभियान तीव्र, देवानगन्ज-४ मा तदर्थ समिति गठन

सुनसरी, माघ २६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) को दुई महिने संगठन विस्तार तथा निर्माण अभियान अन्तर्गत गाउँ-गाउँमा पुगेर पार्टी सदस्यता वितरण गर्ने कार्य तीव्र रूपमा अघि बढिरहेको छ।घर-घरमा रास्वापा भन्ने नारा सहित पार्टीका केन्द्रीय नेताहरू तथा अभियानकर्मीहरू माघ २ गतेदेखि विभिन्न गाउँहरूमा सक्रिय छन्।

अभियानको मुख्य उद्देश्य संगठनलाई रूपान्तरण गर्दै बलियो बनाउने तथा जनतासँगको सम्बन्ध सुदृढ गर्नु रहेको छ। यस क्रममा पार्टीकी केन्द्रीय सदस्य निशा मेहताले सुनसरीमा जनताको समस्या समाधानका लागि पहल गर्ने, उनीहरूका सुझाव संकलन गर्ने तथा पार्टीको पहुँच विस्तार गर्ने कार्य भइरहेको जानकारी दिइन्।

उनका अनुसार, "अभियानले जनता र कार्यकर्तामा नयाँ उत्साह र ऊर्जा पैदा गरेको छ। संगठन निर्माणसँगै जनस्तरमा रास्वापाप्रति आकर्षण बढेको देखिन्छ।"

यसै क्रममा शनिबार देवानगन्ज गाउँपालिका-४ मा राष्ट्रिय स्वतन्त्र पार्टीको तदर्थ समिति गठन गरिएको छ। अभियानले जिल्ला तथा स्थानीय तहमा पार्टीको उपस्थिति बलियो बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।



प्रतिक्रिया