काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको विस्तारित बैठक आजबाट औपचारिक रूपमा प्रारम्भ भएको छ ।
बैठकमा पार्टीका शीर्ष नेता, केन्द्रीय समिति सदस्यहरू तथा विभिन्न प्रदेशबाट आएका प्रतिनिधिहरूको सहभागिता रहेको छ। बैठकले पार्टीको हालसम्मको कार्यसम्पादनको मूल्यांकन गर्दै आगामी राजनीतिक रणनीति, संगठन सुदृढीकरण र नीतिगत निर्णयहरूबारे व्यापक छलफल गर्नेछ।
पार्टीका अनुसार बैठकमा आन्तरिक सुधार, राष्ट्रिय राजनीतिक दिशा र आगामी निर्वाचन तयारी सम्बन्धी विषयमा विशेष ध्यान केन्द्रित गरिएको छ।
नव–राजनीतिक शैली र युवा नेतृत्वको प्रतीकका रूपमा परिचित रास्वपाले यो बैठकमार्फत आफ्ना दीर्घकालीन योजनाहरूलाई स्पष्ट बनाउने अपेक्षा गरिएको छ।
२२ कार्तिक २०८२, शुक्रबार १२:२३ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता