काठमाडौं, — प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज विशेष भेटवार्ता सम्पन्न भएको छ।
भेटवार्तामा संक्रमणकालीन न्याय प्रणाली र समसामयिक राजनीतिक विषयवस्तुमाथि गहन छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यस अवसरमा प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेल र माओवादी केन्द्रका महासचिव वर्षमान पुन समेत सहभागी थिए।
स्मरणीय छ, आइतबार मात्र द्वन्द्वपीडितका विभिन्न संस्थाहरूका प्रतिनिधिहरुले प्रधानमन्त्री ओलीलाई एक ध्यानाकर्षण पत्र बुझाउँदै संक्रमणकालीन न्यायसँग सम्बन्धित दुई आयोग — सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोग — का पदाधिकारी सिफारिस प्रक्रियामा पारदर्शिता र विश्वासनीयता कायम गर्न आग्रह गरेका थिए।
छलफलमा संक्रमणकालीन न्याय प्रणालीलाई निष्पक्ष, पीडितमुखी र अन्तर्राष्ट्रिय मापदण्डअनुसार अघि बढाउन आवश्यक रणनीतिबारे समेत विचारविमर्श भएको स्रोतले जनाएको छ।
यस भेटवार्तालाई आगामी दिनमा संक्रमणकालीन न्याय प्रक्रिया निष्कर्षमा पु-याउने प्रयत्नको सकारात्मक संकेतका रूपमा हेरिएको छ।
- अामा दर्शन न्युज डेस्क
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता