भुटानका राजा जिग्मे खेसर नाम्गेल वाङचुक काठमाडौं आइपुग्नुभएको छ

काठमाडौं, मंसिर २२ – भुटानका राजा जिग्मे खेसर नाम्गेल वाङचुक अनौपचारिक भ्रमणका लागि शुक्रबार बिहान काठमाडौं आइपुग्नुभएको छ। उहाँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएको हो।


यो भ्रमणलाई नेपाल–भुटान सम्बन्ध थप सुदृढ बनाउने अवसरको रूपमा हेरिएको छ। राजाको भ्रमणका क्रममा द्विपक्षीय सम्बन्धमा केन्द्रित उच्चस्तरीय भेटघाट हुने अपेक्षा गरिएको छ।


राजा वाङचुकको स्वागतका लागि विमानस्थलमा उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो। राजाको भ्रमणको औपचारिक एजेन्डाबारे कुनै जानकारी सार्वजनिक गरिएको छैन। तर, नेपाल र भुटानबीचको आपसी हित र कूटनीतिक सम्बन्धलाई प्रगाढ बनाउने प्रयास यस भ्रमणको मुख्य उद्देश्य हुनसक्ने अनुमान गरिएको छ।


प्रतिक्रिया