पीडित काठमाडौंमा न्याय खोज्दै, सांसद शाहीको आक्रोश : “न्याय मरेको छ यो देशमा

काठमाडौं, असार २१ –२०६४ सालको प्रतिनिधिसभा चुनावताका भएको हिंसात्मक घटनामा जिउँदै मान्छे जलाएको आरोप कांग्रेस नेता अफताब आलममाथि लागेपछि ती घटनाका पीडित पुनः न्यायको खोजीमा काठमाडौं आएका छन्। पीडित गौरीशंकर र अन्य पीडित परिवारहरू दोषीमाथि कारबाहीको माग गर्दै संघीय राजधानी आएका हुन्।

साथै, यसै विषयमा संसदमा आवाज उठाउँदै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले न्याय व्यवस्थामाथि गम्भीर प्रश्न उठाएका छन्। उनले संसदमा भनिरहेका थिए,

“न्याय मरेको छ यो देशमा ? पीडित न्याय माग्दै काठमाडौँ आउँछन्, तर पार्टीका झोले कार्यकर्ताहरू न्यायाधीश बन्छन् ! यस्तो व्यवस्था संविधानको धारा १५३ ले सम्भव बनाएको हो, यसलाई खारेज गरौं।”

शाहीले न्यायपालिकामा पार्टीको हस्तक्षेप बढ्दै गएको र यसले पीडितको भरोसा समाप्त पार्ने खतरा रहेको चेतावनीसमेत दिए।

📌 के हो मुद्दाको पृष्ठभूमि?

२०६४ सालमा रौतहटमा भएको घटनामा अफताब आलममाथि निर्वाचनमा प्रयोग गर्न तयार पारिएको बम विस्फोट हुँदा घाइते भएका आफ्नै कार्यकर्तालाई इँटाभट्टामा हालेर जिउँदै जलाएको आरोप छ। घटनामा दर्जनौंको मृत्यु भएको भनिन्छ।

🗣️ पीडितको आवाज

काठमाडौं आएका पीडित गौरीशंकरले भने,

“१६ वर्ष भयो, हामी कहाँ–कहाँ नधायौं। अदालत छ, प्रमाण छ, साक्षी छ – तर न्याय छैन। दोषी खुलेआम हिँडिरहेछन्, हामी अझै पीडित छौं।”

प्रतिक्रिया