काठमाडौं, – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा प्रतिनिधिसभा सदस्य रवि लामिछानेसम्बन्धी मुद्दामा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। मुद्दामा चासो राख्ने जनसाधारण, पार्टी समर्थक तथा राजनीतिक विश्लेषकहरूको ध्यान आजको अदालती प्रक्रियामा केन्द्रित छ।
रास्वपा समर्थकहरूद्वारा सामाजिक सञ्जालमा ‘न्यायाधीशहरू स्वतन्त्र र विवेकशील छन्’ भन्ने विश्वास व्यक्त गरिएको छ। उनीहरूले अदालतलाई कुनै पनि बाह्य दबाबमा नपरी निष्पक्ष ढंगले फैसला गर्ने अपेक्षा राखेका छन्।
एक समर्थकले सामाजिक सञ्जालमार्फत लेखेका छन्, “रवि दाईले न्याय पाउने यो महत्वपूर्ण क्षणमा हामी पूर्ण विश्वासका साथ अदालतको निर्णयको प्रतीक्षामा छौं। जय देश, जय रविदाइ, जय रास्वपा!”
यस मुद्दालाई व्यापक जनचासोका रूपमा हेरिएको छ, जसले नेपालको न्याय प्रणाली र राजनीतिमा स्वतन्त्रता तथा पारदर्शिताको परीक्षणसमेत गर्नेछ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता