पोखरामा पत्रिका जलाइएकोमा सर्वत्र विरोध

पोखरा । समाचारको विषयलाई लिएर बुधबार पोखरामा पत्रिका लगाइएपछि सर्वत्र विरोध भएको छ ।

पोखराबाट प्रकाशित ‘समाधान’ दैनिक पत्रिकाको सूर्यदर्शन सहकारी संस्था ठगीबारे समाचारलाई लिएर सहकारीपीडितले बुधबार कास्की जिल्ला अदालत परिसरमै पत्रिकाको प्रति जलाएका थिए ।

समाचारमा चित्त नबुझे खण्डन छाप्ने र कानुनी उपचार खोज्ने बाटो हुँदाहुँदै पत्रिका जलाउनु र धम्कीपूर्ण भाषा बोल्नु प्रेस स्वतन्त्रता र पत्रकारितामाथिकै आक्रमण भएको भन्दै नेपाल पत्रकार महासंघ गण्डकी, नेपाल पत्रकार महासंघ कास्की, स्वतन्त्र पत्रकार संघ नेपाल, प्रेस चौतारी गण्डकी, प्रेस चौतारी कास्की, नेपाल प्रेस युनियन कास्की, फोनिज गण्डकी लगायतले विज्ञप्ति जारी गरी विरोध जनाएका हुन् ।


प्रतिक्रिया