सोल्टी होटलमा पूर्वराजा ज्ञानेन्द्र शाह र चार शीर्ष राजावादी नेताबीच निर्णायक छलफल

— आमादर्शन न्यूज, काठमाडौं

आज सोल्टी होटलमा पूर्वराजा ज्ञानेन्द्र शाह र चार जना प्रमुख राजावादी नेताबीच लन्चसहित करिब डेढ घन्टा लामो महत्वपूर्ण छलफल सम्पन्न भएको छ।

छलफलमा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी, राप्रपा नेपालका अध्यक्ष कमल थापा र राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर बिष्ट सहभागी भएका थिए।


विश्वसनीय स्रोतका अनुसार आउँदो १५ जेठदेखि सुरु हुन लागेको संयुक्त जनआन्दोलन लाई कसरी प्रभावकारी र निर्णायक बनाउने भन्ने विषय छलफलको मुख्य केन्द्रबिन्दु रहेको थियो। साथै, राजावादी शक्तिहरूबीच आपसी समझदारी, विश्वास र सहकार्यलाई कसरी मजबुत बनाउने भन्नेबारे पनि गहिरो संवाद भएको बताइएको छ।


यो भेटलाई आगामी राजनीतिक गतिविधिहरूका लागि महत्त्वपूर्ण संकेतको रूपमा हेरिएको छ। विशेषगरी गणतन्त्र र संघीयताको सन्दर्भमा असन्तुष्टि जनाउँदै आएका राजावादी धारका नेताहरूले संयुक्त आन्दोलनमार्फत नयाँ शक्ति सन्तुलन सिर्जना गर्ने तयारी गरिरहेको बुझिएको छ।


— रिपोर्ट: आमादर्शन न्यूज डेस्

प्रतिक्रिया