पेट्रोल र डिजेल/मट्टितेलको मूल्य घट्यो

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ। नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रति लिटर ३ रुपैयाँले घटाइएको छ भने डिजेल तथा मट्टितेलको मूल्य प्रति लिटर १ रुपैयाँले घटाइएको छ।

नेपाल आयल निगमले मूल्य समायोजन गर्दै घटेको मूल्य तत्काल लागू हुने जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको उतारचढाव र आपूर्ति व्यवस्थापनका आधारमा मूल्य समायोजन गरिएको निगमको भनाइ छ।

नयाँ मूल्य घटेसँगै उपभोक्तालाई केही राहत पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया