एमाले मुस्ताङको अधिवेशन चैत्रको तेस्रो हप्ता प्रस्ताव

ने क पा ९ एमाले ०मुस्ताङको अधिबेशन चैत्रको तेश्रो साता हुने भएको छ। सो पार्टिको सनिबार सम्पन्न जिल्ला कमिटी सचिबालयको बैठकले चैत्रको तेस्रो हप्ता गर्ने प्रस्ताव गरेको हो ।

बैठकले पार्टी संगठन सुदृढीकरणका लागि विभिन्न योजना निर्माण गरेको छ । जसअन्तर्गत पार्टी सदस्यता बिस्तार र जनप्रतिनिधिहरुको प्रशिक्षण कार्यक्रम गर्ने कार्ययोजना निर्माण गरेको छ।

बैठक गण्डकी प्रदेशका इन्चार्ज समेत रहनु एमाले सचिब गोकर्ण बिष्टको प्रमुख उपस्थितिमा सम्पन्न भएको थियो। सचिब बिष्टले समाजबादको आधार निर्माणका लागि उत्पादनमा ध्यान दिनुपर्ने भन्दै स्थानीय उत्पादनलाई बजारिकरण गरेर नै संमृध्दि प्राप्त गर्न सकिने बताउनुभयो ।

मुस्ताङको बिकासका लागि नेकपा९एमाले०नेतृत्वको सरकारले गरेका काम ऎतिहासिक र विशेष रहेको भन्दै सचिब बिष्टले समृद्धिको खास योजना र देशलाइ बिकास को बाटोमा तिब्रतर अगाडि बढाउन आफ्नो पार्टी मात्रै सक्षम भएको उल्लेख गर्नु भयो ।

समाधान अनलाईनबाट


प्रतिक्रिया