सरकारले उद्योगहरूमा विद्युत आपूर्ति २४ घण्टाभित्र पुनः जोड्न निर्देशन दिएको

काठमाडौं, १० नोभेम्बर २०२४ – सरकारले सबै उद्योगहरूमा विद्युत आपूर्ति २४ घण्टाभित्र पुनः शुरु गर्न निर्देशन दिएको छ। आइतबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस विषयमा निर्णय गर्दै ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयलाई सोमबार १२ बजेभित्र उद्योगहरूमा बिजुली जोड्ने व्यवस्था गर्न भनिएको हो।

उद्योगमा विद्युत आपूर्ति बन्द भएका कारण उत्पादनमा कमी आएको, राजश्व संकलनमा असर पुगेको, रोजगारीमा नकरात्मक प्रभाव परेको र समग्र अर्थतन्त्रमा प्रत्यक्ष असर परेको भन्दै सरकारले विद्युत आपूर्ति पुनः सुचारू गर्न यो निर्देशन दिएको हो।

साथै, मन्त्रिपरिषद्को बैठकले उद्योगहरूले खपत गरेको विद्युतको बक्यौता रकम १५ दिनभित्र बिलअनुसार असुल गर्ने पनि निर्णय गरेको छ। नेपाल विद्युत प्राधिकरणले गत कात्तिक ८ गते ४० भन्दा बढी उद्योगहरूको विद्युत आपूर्ति रोकिएको थियो, कारण भनेको बक्यौता रकम नबुझाउनु थियो। अब बक्यौता रकम असुल गरेर विद्युत सेवा निरन्तरता दिइनेछ।

सर्वोच्च अदालतका पूर्वन्यायाधीशको संयोजकत्वमा गठन भएको आयोगको प्रतिवेदन सार्वजनिक

मन्त्रिपरिषद्को बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश दिनेशचन्द्र लालको संयोजकत्वमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गर्ने ग्राहकहरूको विद्युत महसुल सम्बन्धी विवाद समाधानका लागि गठित जाँचबुझ आयोगले २०८१ वैशाख २३ मा पेश गरेको प्रतिवेदन सार्वजनिक गर्न ऊर्जा जलश्रोत तथा सिँचाइ मन्त्रालयलाई स्वीकृति प्रदान गरेको छ।

उद्योगहरूमा विद्युत आपूर्ति सुचारू गर्ने सरकारको निर्णयले देशको आर्थिक गतिविधि पुनः सञ्चालनमा ल्याउन मद्दत पुर्याउने अपेक्षा गरिएको छ। यसले उत्पादनमा सुधार, रोजगारीका अवसरहरूको सृजना र अर्थतन्त्रको मजबूतीमा योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ

प्रतिक्रिया