काठमाडौं, वैशाख ८ — काठमाडौंको तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष रवीन्द्र मिश्रसहितका अभियुक्तहरूको थुनाम्याद आज सकिँदैछ। प्रहरीले उनीहरूको म्याद तेस्रोपटक थप गर्न जिल्ला अदालत काठमाडौंमा पेस गर्ने तयारी गरेको छ।
प्रहरीले यसअघि मिश्रलाई पहिलोपटक ५ दिन र दोस्रोपटक १५ दिनको म्याद लिएको थियो। उनी चैत १५ गते राति पक्राउ परेका थिए। चैत २८ गते पक्राउ परेका दुर्गा प्रसाईंको म्याद पनि मिश्रकै म्यादमा समायोजन गरिएको थियो।
त्यस्तै, सोही आन्दोलनबाट पक्राउ परेका सांसद धवलशमशेर जबरालाई भने स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै प्रहरी थुनाबाहिर राखेर अनुसन्धान गरिरहेको जनाएको छ।
काठमाडौं प्रहरीका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार, मिश्र र प्रसाईंमाथि “राज्यविरुद्धको कसुर” र “संगठित अपराध” अन्तर्गत मुद्दा दायर गरिएको छ। संगठित अपराध मुद्दामा प्रहरीले अधिकतम ६० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न सक्ने कानुनी प्रावधान छ।
प्रहरीले आजै अदालतमा उपस्थित गराई म्याद थपको प्रक्रिया अघि बढाउने तयारी गरेको छ।
— Aama Darshan News
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता