कमल थापालाई भेट्न गएका सांसद दीपकबहादुर सिंह पक्राउ

काठमाडौँ, १८ जेठ – आमा दर्शन न्यूज राजसंस्थाको समर्थनमा जारी आन्दोलनको क्रममा पक्राउ परेका राप्रपा अध्यक्ष कमल थापालाई भेट्न गएका सांसद दीपकबहादुर सिंहलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

आज (आइतबार) दिउँसो थापालाई भेट्न काठमाडौँ प्रहरी परिसर भद्रकाली पुगेका सिंहलाई प्रहरीले सोही स्थानबाट पक्राउ गरेको हो। काठमाडौँ प्रहरीका प्रवक्ता एसपी अपीलराज बोहोराले सिंहलाई नियन्त्रणमा लिएको पुष्टि गरेका छन्।

यसअघि नारायणचौरमा आयोजित शान्तिपूर्ण प्रदर्शनको क्रममा अध्यक्ष कमल थापा सहित ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो। आन्दोलन अहिले चौथो दिनमा प्रवेश गरिसकेको छ।

प्रहरीको यस प्रकारको व्यवहारप्रति राप्रपाका नेताहरू आक्रोशित छन् भने समर्थकहरू आन्दोलनलाई थप तीव्र बनाउने तयारीमा छन्।

📢 आन्दोलनको अपडेटका लागि हामीलाई फलो गर्न नबिर्सनुहोस् – आमा दर्शन न्यूज।

प्रतिक्रिया